२०८३ साउन २४ गते आइतवार

सभापति देउवा उपचारका लागि सिंगापुर जाने तयारी

दाङ, कात्तिक १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा संगै उपचारका लागि सिंगापुर जाने भएका छन् ।

अबको एक दुई दिन भित्रै उनी उपचारका लागि सिंगापुर जाने भनिएपनि उनको सचिवालयले केही बताएको छैन ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा आगजनी गरि नष्ट पार्नुको साथै देउवा दम्पत्तिमाथि निर्घात कुटपिट भएको थियो ।


त्यो आक्रमणबाट सभापति देउवाको गर्धन र टाउकोमा गहिरो घाउ चोट खेपेका थिए । उनको टाउकोमा एक जर्दन जति टाँकाहरु लगाइएको छ ।

त्यसयता उनमा रिंगाटा लाग्ने जस्ता समस्या देखा परेको देउवा स्वएंमले बताएका थिए ।
देउवा पत्नि तथा तत्कालीन परराष्ट्र मन्त्री राणालाई पनि कुटपिट गर्नुको साथै लछारपछार गरेको भिडियोहरु सार्वजनिक भएका थिए ।


असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *