दाङ, कात्तिक ८। बाँकेमा घाँस काट्न गएका एक जना पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका – ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षीय इन्द्रबहादुर खत्रीको शब बाघको खाएको अवस्थामा शनिबार बिहान साढे सात बजेतिर जंगलमा फेला परेको हो ।
घर परिवारका अनुसार खत्री घाँस काट्न भनेर शुक्रबार रिम्ना सामुदायिक वनमा गएका थिए ।
उनी फर्केर नआएपछि स्थानीयले खोजी गर्ने क्रममा शनिबार बिहान शब फेला पारेका हुन । बाघले एउटा खुट्टा छिनालेको अबस्थामा शब फेला परेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार रिम्ना समुदायक वन भित्र शनिबार बिहान खोजी गर्ने क्रममा खत्रीको शब फेला परेको हो ।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रडम्मर पालसहितको प्रहरी टोली पुग्दै छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शनिवार
