दाङ, कात्तिक ७ । बर्दियामा एक महिला मृत फेला परेकी छन् ।
मधुवन नगरपालिका – ४ बाँदर भरियाकी ७० बर्षीया बचनदया थारु बबई सिंचाई नहरमा मृत अवस्थामा फेला परेकी हुन ।
उनी शुक्रबार बिहान बिहान घरबाट मोर्निंङवाक गर्न निस्केको घर परिवारले बताएका छन् ।
हिड्दै घरदेखि करिब २ किलोमिटर दक्षिण पश्चिमको मधुवन –५ स्थित ८ नम्बर गाउँमा पर्ने त्रिवेणी सामुदायिक वन नजिकै डुबेर मृत्यु भएको अवस्थामा बिहान मृत फेला परेकी हुन ।
इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले घटना बारे अनुसन्धान भइ रहेको जानकारी दिए । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी निरीक्षक सेनले बताए ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
