२०८२ मङ्सिर २३ गते मङ्गलवार

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङ , कात्तिक ७ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका–५ का ६५ वर्षीय रामप्रसाद भट्टराइलाई बसको ठक्कर पछि गम्भीर घाइतने भएका उनको मृत्यु उपचारका क्रममा मृत्यु भएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–५ मा पैदल हिडीरहेका भट्टराइलाई पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेयले जानकारी दिए ।

बिहीवारको भाइ टीका पछि दिउँसो करिब १ बजे तिर भट्टराइलाई बसले ठक्कर दिएको थियो ।
बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *