२०८२ कार्तिक २५ गते मङ्गलवार

नेपालगंजमा हुने लुम्बिनी स्पोर्टस अवार्डको सहप्रयोजक केल्मी

दाङ, असोज ३१ गते । बाँकेको नेपालगंजमा हुने लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले प्रायोजन गर्ने भएको छ ।


मंसिर १८ गते नेपालगंजमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।


आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगंज सो रुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरेका छन् ।

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले त्यसक्रममा बताएकी थिइन ।

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्ट अवार्ड हुन लागेको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्ट अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने छ ।


रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालिले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।


अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भइ रहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन ।

त्यस अवशरमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *