दाङ, असोज २९ । अपहरण तथा शरिर बन्धक मुद्दा भुक्तान गरि रहँदा जेलबाट भागेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरण तथा शरिर बन्धक मुद्दामा दश बर्ष सजाय तोकिएका ३६ बर्षीय महाविर कामी पक्राउ परेका छन् ।
दश बर्ष सजाय तोकिएका कामी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेल बाट भागेका थिए ।
कामीलाई फेरि पक्राउ पछि जिल्ला कारागार नौबस्तामा बुझाइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार

