दाङ, असोज २९ । बाँकेमा १२ बर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा एक २४ बर्षीय युवक पक्राउ परेका छन् ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका – २ मधुवाका २४ वर्षीय लक्ष्मण खत्री मंगलबार १२ बाषर््ीया एक बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालका अनुसार पीडितको किटानी जाहेरी पछि खत्रीलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
डिएसपी पालका अनुसार मेला हेर्न गएकी बालिकालाई ललाई फकाइ गरि खत्रीले होटेलमा पुर्याएका थिए । बालिकालाई एक होटेलमा पुर्याइ बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका खत्री माथि थप अनुस्न्धान गर्न म्याद थपका लागि बुधबार प्रहरीले उनलाई अदालतमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार