२०८३ साउन २४ गते आइतवार

भन्सार छली भारत तर्फ लैजान थालेका किबी र कबाड बरामद

दाङ, असोज २९ । कपिलबस्तु प्रहरीले भन्सार छली गरि लैजान थालेको किबी फल र प्लाष्टिक जन्य कवाड बरामद गरेको छ ।


बरामद पछि ती दुबै सामाग्री प्रहरीले आवश्यक कार्यालयका लागि भन्सार कार्यालय पठाएको छ ।


भन्सार छली गरि नेपालबाट भारततर्फ लैजान थालेको अवस्थामा ७४१ केजी किबीको फल बेवारिसे अवस्थामा छोडेको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


असोज २६ गते दिउँसो इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कुृष्णनगर नगरपालिका – २ यात्रुगेट नजिकै बेवारिसे अवस्थमा छोडेको झन्डै एक लाख ८५ हजार मूल्य बराबरको किबी बरामद गरेको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार असोज २८ गते बिहान मायादेवी गाउँपालिका – ४ स्थित भित्री सडक खण्डमा बिल बिजक नभएको ५७३० केजी पुरानो प्लाष्टिकको टुक्रा (कबाड) बरामद गरेको थियो ।

दोहनीबाट गौरातर्फ जाँदै गरेको ना २ ख ९५६२ नम्बरको ट्रक चेकजाँचका क्रममा तीन लाख १५ हजार बराबरको कवाड बरामद गरेको थियो ।
ट्रक चालक मायादेवी – ६ का ४१ बर्षीय सुग्रिम केवटपनि पक्राउ परेका छन् ।

प्रहरीले बरामद भएको किबी फल र कवाडपनि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय रुपन्देहीमा पठाएको डिएसपी सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *