२०८२ मङ्सिर २३ गते मङ्गलवार

पूर्णबहादुर खड्का काँग्रेसको कार्यबहाक सभापति

निर्वाचनबाट मात्रै संबैधानिक निकास संभव छ – देउवा

दाङ, असोज २८ । पूर्णबहादुर खड्का नेपाली काँग्रेसको कार्यबहाक सभापति तोकिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई मंगलबार कार्यबहाक सभापति तोकेका हुन ।

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन ।

सभापति देउवाले सम्बोधनका क्रममा पार्टीको १५ औं महाधिवेशन तोकेको समयमै हुने बताए । उनले अब नियमित महाधिवेशन हुने पनि बताएका थिए ।

त्यस्तै उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनले मात्रै संविधानिक निकास पाउने बताए । काँग्रेसले चुनावमा भाग लिने भन्दै उनले अवको निकास निर्वाचनबाट मात्रै संभव रहेको बताएका थिए ।


सभापति देउवाले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै सभापति देउवा र देउवा पत्नि डा. आरजु राणा माथि निर्घात कुटपिट एवं आक्रमण भएको थियो ।

त्यसयता देउवा ३४ दिन पछि सर्वाजनिक भएका हुन । देउवा दम्पत्ति हाल घर भाडामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *