दाङ, असोज २८ । हमासले विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गरेको छ ।
प्यालेस्टिनी अतिवादी समूह हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो।
इसराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत जोशीसहित चार वटा शवका बाकस हस्तान्तरण गरेको इसराइली संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
ती बाकसमा नेपालका विपिन जोशीसहित अन्य देशका गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको समाचारमा उल्लेख गरिएको छ ।
आइडिएफले प्राप्त गरेको चारै जनाको शवको फरेन्सिक परीक्षण गर्ने तयारी गरिएको छ ।
फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको समाचारहरुमा उल्लेख छ । शव पहिचान गर्न कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार

