२०८२ कार्तिक २५ गते मङ्गलवार

बालेन र सुदन बिरुद्ध नेविसंघको पनि जाहेरी

दाङ, असोज २६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङ विरूद्ध प्रहरीमा पुगेर जाहेरी दिएको छ ।

उनीहरुले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई पोशाकमै बोलाएर मानव ढालको प्रयोग गर्दै तोडफोड र आगजनी गर्न उक्साएको नेविसंघको जाहेरीमा उल्लेख छ ।

सोही कारण राष्ट्रिय सम्पदाका साथै सरकारी तथा निजी घर आगजनीका घटना भएको दोषारोपन गरिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर बालेर र सुदन बिरुद्ध जाहेरी दिएका हुन । बिष्ट संगै केन्द्रीय सदस्यहरू मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहपनि प्रहरी परिसरमा पुगेका थिए ।

नेकपा एमाले निकट अनेरास्ववियुले पनि नेविसंघ भन्दा पहिले मेयर बालेन र सुदनविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । जाहेरी दर्ता गर्ने नगर्ने बारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *