दाङ, असोज २५ । दाङको राप्ती गाउँपालिका – १ का आकाश मगरले असोज १३ गते मध्यराति काठमाडौंमा एक युवकको हत्या गरेको खुलेको छ ।
काठमाडौं –२६ ठमेल बुद्धबारको गल्लीमा मकवानपुर घर भइ काठमाडौंको बालाजु मनमैजुमा बस्दै आएका २५ वर्षीय सुरज तामाङ खुकुरी प्रहार बाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
घाइते तामाङको वीर अस्पताल उपचारका क्रममा असोज १४ गते मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तामाङमाथि धारिलो हतियार प्रहार गर्ने मगर नख्खु कारागारबाट जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भागेका कैदीबन्दी हुन ।
मगर फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अनुसन्धानबाट फरार रहेका मगर लागुऔषधको मुद्दामा पक्राउ परेका थिए । उनी नख्खु कारागारमा २०८० असोज २७ गतेदेखि बस्दै आएका थिए।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार

