दाङ , असोज २५ । एक युवकको बिभत्स हत्या पछि कैलालीमा शुक्रबार मध्य राति दुई किशोर मान्छेको टाउको बोकेर आँफै प्रहरीमा आत्मसर्मपन गर्न पुगेको खुलेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको गएराति घाँटी छिनालेर बिभित्स हत्या पछि घोडाघोडी – ८ का १९ वर्षीय गंगा बुढा क्षेत्री र १८ वर्षीय बलबहादुर बिक आँफै टाउको बोकेर सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा पुगेका थिए ।
त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले शुक्रबार राति मदिरा सेवन गर्ने क्रममा उनीहरुका बीचमा आपसी विवाद भएपछि नजिकै घर बाट हँसिया ल्याएर दुई जना मिलेर केशरबहादुरको घाँटी रेटेर हत्या गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको छ ।
केशबहादुरको हत्या रातिे ११ बजेपछि भएको प्रहरीको अनुमान छ । प्रहरीलाई त्यसबारे पौने १२ बजे मात्रै सूचना दिइएको थियो ।
रोजगारीको शिलशिलामा इण्डिया बस्ने केशबहादुर दसैं मनाउन घर आएका थिए । हत्या गरिएका केशबहादुरका घर परिवारका सदस्य सुर्खेतदेखि कैलाली तर्फ आउन थालेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

