२०८२ कार्तिक २५ गते मङ्गलवार

घोराहीमा मासु पसल अनिश्चितकालका लागि बन्द, उपभोक्ता समस्यामा

दाङ ,असोज २५। घोराहीमा खसीको अभाव बढेसँगै मासु पसलहरू अनिश्चितकालका लागि बन्द भएका छन्।

खसी मासु व्यवसायी समिति घोराहीका अध्यक्ष असलाम कुरेशीका अनुसार छिमेकी बजारहरूमा खसीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेपछि किसानहरूले घोराहीमा भन्दा बाहिर बेच्दा राम्रो मूल्य पाउने भएकाले स्थानीय बजारमा खसीको आपूर्ति घटेको हो।

गत असोज २२ गते बसेको समितिको बैठकले शनिबारदेखि लागू हुने गरी मासुको मूल्यवृद्धिको निर्णय गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय दाङले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

चाडपर्व नजिकिँदै गर्दा मासु पसलहरू बन्द हुँदा आम उपभोक्ताहरूलाई समस्या परेको छ। उपभोक्ताले आवश्यक वस्तु समयमै नपाउँदा असुविधा व्यहोर्नु परेको भन्दै तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *