२०८२ कार्तिक २५ गते मङ्गलवार

बिहे गरेको ८ दिनमै मृत्यु

दाङ , असोज २४ । सल्यानका एक युवकको बिहे बन्धनमा बाँधिकएको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका – ५ का २३ वर्षीय प्रकाश घर्तीको रुकुमपश्चिममा बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार माइती घर रुकुमपश्चिमको झुल्नेटाबाट नुवाकोट गाउँ तर्फ जाने क्रममा घर्तीले चलाएको रा २ प ७०२२ नम्बरको मोटसाइकल दुर्घटनामा परेको थियो ।

त्यो दुर्घटनामा परि साला नाता पर्ने रुकुमपश्चिम चौरजहारी नगरपालिका –१४ नाउलाका १८ वर्षीय महेन्द्र पुनपनि सामान्ने घाइते भएका थिए । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

सल्यानको कुमाख गाउँपालिका – ५ का बासिन्दा तथा कार्यपालिका सदस्य हिरा परियारका अनुसार मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका घर्तीले दशैंको दिन असोज १६ गते शुभ साइत हेरि औपचारिक रुपमा बिहे गरेका थिए ।


कार्यपालिका सदस्य परियारका अनुसार घर्ती करिब ६ महिना पहिले बिदेश बाट घर फर्किएका थिए ।

बिदेशबाट घर फर्किएको केही समय पछि उनले श्रीमति भगाएर ल्याएपनि बिहे भने गरेका थिएनन् । सामाजिक परम्परा अनुसार दसैंको शुभ साइतमा घर्तीले परम्परा अनुसार बिहे गरेका थिए ।


तर भए भएको आठ दिनमै प्रकाशको मृत्यु भएपछि गाउँ शोकमा डुबेको कार्यपालिका सदस्य परियारले बताइन ।
परियारका अनुसार घर्तीको शब पोष्ट मार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *