२०८२ कार्तिक २५ गते मङ्गलवार

सल्यानमा जिप दुर्घटना हुँदा बेहुला बेहुलीसहित १२ जना घाइते

दाङ , असोज २३ । सल्यानमा जिप दुर्घटनामा परि बेहुला बेहुलीसहित १२ जना घाइते भएका छन् ।

घाइते मध्य शारदा नगरपालिका– १० भागाचौरका ६० बर्षीया गुमी कवर र १४ बर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


सल्यान प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसीले घाइते मध्य गुमीलाई थप उपचारका लागि दाङ रिफर गरिएको बताए ।

२४ बर्षीय दुलाह चेतराम गिरी, २० वर्षीया दुलही कमला गिरी लगाएत छन् । त्यस्तै १४ बर्षीया हरिकला कवर, १४ बर्षीया रेनुका कवर, १७ बर्षीय हेमराज कवर, १८ बर्षीय प्रबिन कवर, २६ बर्षीया कुमारी बुढाथोकी, ४२ बर्षीया प्रमिला गिरी, १५ बर्षीया बिमला गिरी र ३३ बर्षीय रुपराल गिरी घाइते छन् ।

यि दश जनाको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ । घाइते सबैको हाल जिल्ला अस्पतालमा उपचार जारी छ ।


बिहीबार दिउँसो सवा ३ बजेतिर शारदा नगरपालिका– १० भागाचौरदेखि थापाचौर तर्फ बेहुली लगेर जादै गरेको लु.प्र.०२–००१ ज ००२१ नम्बरको जिप शारदा – ९ ज्वालापुरमा दुर्घटनामा परेको थियो ।

जिप सडकदेखि करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । फरार जिप चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । जिपको हुटमा पनि मानिसहरु सवार थिए ।

धेरै लोडका कारण जिप पछाडि बाट ब्याक भइ खसेपछि एउटा ठूलो रुख जरै संगै ढलेको थियो भने अर्कौ रुपले जिप रोकेपछि ठूलो मानविय क्षति हुन नपाएको घटनास्थलबाट फर्किएका डिएसपी केसीले बताए ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *