२०८२ कार्तिक २५ गते मङ्गलवार

नेपालगंजबाट साढे १३ बढी नगदसहित १४ जुवाडे पक्राउ

दाङ , असोज २३ । बाँकेको नेपालगंज बाट साढे १३ लाख बढी नगदसहित प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले मध्यराति एउटा रेष्टुरेष्टमा छापा हानेर उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नेपालगंज – २ न्यूरोडका २८ बर्षीय बिज्ञान श्रेष्ठ, नेपालगंज – १० का ३६ बर्षीय गणेश बस्नेत, नेपालगंज –१६ जयसपुरका ४६ बर्षीय सेताज अन्सारी, नेपालगंज –९ त्रिभुवनचोकका २४ बर्षीय ऋषि गुप्ता, नेपालगंज –४ बसपार्कका ५२ बर्षीय तरूण गौतम, नेपालगंज –१२ कोरियनपुरका ३७ बर्षीय बिनोद खड्का, नेपालगंज – ४ बसपार्कका ४८ बर्षीय मोहम्मद सफिक बेहनासहितका ब्यक्तिलाई पक्राउ गरेको हो ।

त्यस्तै नेपालगंज – १८ कारकाँदोका ४७ बर्षीय संगम शाह, नेपालगंज –४ बसपार्कका ५० बर्षीय मधुसुधन दहाल, बसपार्क बस्ने ४५ बर्षीय मेघराज गौतम, नेपालगंज –१ धम्बोजी बस्ने ४५ बर्षीय रमेश शाही, कोहलपुर नगरपालिका – ११ पिपलचौतारा बस्ने ३८ बर्षीय भागिरथ यादव, कोहलपुर – ९ झण्डहवा बस्ने ४२ बर्षीय नन्दलाल यादब र कोहलपुर – २ लक्ष्मणपुर बस्ने ४० बर्षीय सुमन केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति साढे ११ बजे प्रहरीले छापा हानेर जुवा खेली रहेको अवस्थामा उनीहरुको साथबाट नगद १३,६३,८०० रुपँैया बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

नेपालगंज उपमहानगरपालिका – २ बाईपास रोडमा रहेको बिज्ञान श्रेष्ठले संचालन गरेको ‘मौरी रेष्टुरेन्ट’मा छापा हानेर प्रहरीले १४ जुवाडे पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु माथि आवश्येक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुका बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा तलाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *