गोविन्द खडका,घोराही,असोज २२ । खसी मासु व्यवसायी समिति घोराहीले शनिवार देखि लागुहुने गरी खसीको मासुको मुल्य बढाएको छ ।
समितिका अध्यक्ष असलाम कुरेसीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यतामा बुधवार बसेको बैठकले मुल्य बढाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष कुरेसी र सचिव ठकेन्द्र खत्रीले जारी गर्नुभएको विज्ञप्ती अनुसार खसीको हड्डी मासु र बोसोको प्रति कीलो एक हजार रुपैयाँछ ।
मासु भुडी टाउको खुट्टा ईत्यादी प्रतिकिलो नौसय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आन्द्रा भुडीको मुल्य पाँच सय, खुट्टा टाउको प्रतिकिलो आठ सय र बाख्रीको मासुको मुल्य प्रतिकीलो सात सय रुपैयाँ मुल्य निर्धारण गरेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार

