२०८३ साउन १ गते शुक्रवार

१० बर्षीया एन्जलका हत्या आरोपी पक्राउ

दाङ, असोज २२ । बर्दियाको गेरुवा गाउँपालिका – ५ झबहीकी १० बर्षीया भारती (एन्जल) देउवाको हत्या आरोपी एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकले हत्या स्वीकार गरेका छन् ।

इलाका प्रहरी कार्यालय शान्ति बजारका प्रमुख प्रहरी निरीक्षक मदन गुरुङले प्रारम्भीक अनुसन्धानबाट एन्जलको हत्या स्थानीय २२ बर्षीय एक युवकले गरेको स्वीकार गरेका छन् ।

कानमा लगाएको दुई आनाको सुनको मुन्द्री र घाँटीमा लगाएको दुई तोलाको चाँदीको सिक्री लुटनका लागि उनले एन्जलको हत्या गरेको स्वीकार प्रहरी समक्ष गरेको इलाका प्रहरी कार्यालय शान्ति बजारका प्रमुख प्रहरी निरीक्षक मदन गुरुङले बताए ।

हत्या आरोपी युवक बिबाहित छन् । बुधबार नै प्रहरीले उनलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेको छ ।


एक्लै साइकलमा यात्रा गरि रहेकी एन्जलको असोज १७ गते दिउँसो हत्या भएको थियो ।

खोलामा माछा मार्न गएका युवकले एन्जल एक्लै साइकलमा आइ रहेको देखेपछि सनुका मुन्द्री लुट्ने उदेश्यले उनको हत्या गरेको प्रहरी समक्ष बयान गरेका छन् ।

असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका – ५ मुलपानी बुढीखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल , लगाएका चप्पल फेला परेको थियो ।

एन्जलको शब सोही खोला किनारमा गाडेको अवस्थामा सोमबार दिउँसो फेला परेको परेको थियो ।
एन्जलको शब पोष्टमार्टमका लागि बाँकेको नेपालगंज पठाइएको छ ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *