२०८२ कार्तिक २५ गते मङ्गलवार

बलात्कार मुद्दामा १२ बर्ष कैद तोकिएका युवक पक्राउ पछि जेल चलान

दाङ , असोज २१ । बलात्कार मुद्दामा १२ बर्ष कैद सजाय तोकिएका फरार प्रतिबादीलाई प्रहरीले बाँकेमा पक्राउ पछि मंगलबार जेल चलान गरिएका छन् ।


जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका – ५ का रेशमबहादुर बस्नेत बाँकेमा पक्राउ परेका थिए । बाँकेको बैजनाथ गाउँपालिका – २ बाट बस्नेत पक्राउ परेका थिए ।

पक्राउ पछि बस्नेतलाई जिल्ला अदालत जाजरकोटमा मंगलबार पेश गरिएको थियो । अदालतको आदेशले उनलाई तोकिएको सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार जाजरकोटमा चलान गरिएको जाजरकोटका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।


जिल्ला अदालत जाजरकोटको लगत नम्बर ३२५ मा उच्च अदालत सुर्खेतले २०८१/०९/२३ गते बस्नेतलाई १२ बर्ष कैद र एक हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *