२०८२ कार्तिक २५ गते मङ्गलवार

तुलसीपुर कारागार बाट भागेका मध्य हालसम्म पक्राउ पर्ने ६ कैदी को हुन ?

तुलसीपुर , असोज २१ । तुलसीपुर कारागारबाट भागेका ६ जना कैदी बन्दी पक्राउ परेका छन् ।


जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जेल तोडेर भागेका मध्य ६ जना असोज १७ गते यता पक्राउ परेका हुन ।

कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका राप्ती गाउँपालिका –८ पिपरीका बुधराम चौधरी असोज १७ गते पक्राउ परेका थिए ।

जिप्रका दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्ती मगर असोज १९ गते पक्राउ परेका हुन । बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय तोकिएको छ ।

त्यस्तै बलात्कार मुद्दामै १८ वर्ष कैद सजाय तोकिएका गडवा गाउँपालिका–१ का सुनिल नेपाली असोज २० गते पक्राउ परेका थिए ।

बलात्कार मुद्दामै १२ वर्ष कैद सजाय तोकिएका घोराही–५ का बसन्त सार्की असोज २० गते, सोही मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका घोराही–१७ का मनोज चौधरी असोज २१ गते र १४ वर्ष कैद सजाय तोकिएका सल्यानको कालिमाटी गाउँपालिका–७ का जीवन भन्ने जिउपाल दमाई असोज २० गते विभिन्न स्थानबाट पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता शाहले जानकारी दिएका छन् ।


भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फाइदा उठाउँदै तुलसीपुर कारागारबाट ४४६ कैदी बन्दी मध्य २५४ जना भागेका थिए । ती मध्य हालसम्म १५४ जना पक्राउ परेका छन् । कतिपय भने आँफै सम्पर्कमा आएको कारागार स्रोतले बताएको छ ।


दाङ भन्दा बाहिर जिल्लामा पक्राउ परेका १८ जनालाई सम्बन्धित जिल्लाकै कारागारमा राखिएको छ ।
८२ जना कैदी अझै फरार रहेको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *