काठमाडौं ,असोज २१ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
मंगलबार २३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
नयाँ मूल्यसँगै एक तोला सुनको भाउ २ लाख ३५ हजार ४०० पुगेको छ।
साताको दोस्रो कारोबार दिन सोमबार एक तोला सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएकोमा आइतबार २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार

