२०८२ कार्तिक २५ गते मङ्गलवार

गाडेको अवस्थामा १० बर्षीया बालिकाको शब फेला

दाङ, असोज २१ । बर्दियामा एक जना दश बालिकाको शब हत्या पछि गाडेको अवस्थामा फेला परेको छ ।

जिल्लाको गेरुवा गाउँपालिका – ५ झबही गाउँकी १० बर्षीया भारती (एन्जल) देउवाको शब गुडीखोलाको किनारामा सोमबार दिउँसो गाडेको अवस्थामा प्रहरीले फेला परेको थियो । एन्जल असोज १७ गते दिउँसो गणेशपुरस्थित आफन्तको घरमा बिहे भोज खान गएकी थिइन ।

त्यहाँबाट साइकलमा एक्लै फर्किदै गर्दा उनी बेपत्ता भएकी थिइन । बुवा प्रकाश देउवाले सोही दिन राति सवा ९ बजेतिर प्रहरीमा बिहे भोज खान गएकी छोरी घर नर्फिएको हुँदा खोज तलाल गरि दिन मौखिक रुपमा अनुरोध गरेका थिए ।


असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका – ५ मुलपानी गुडिखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल फेला परेको थियो । त्यसपछि एन्जलले लगाउने निलो कलरको चप्पल फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।

असोज २० गते पौने ४ बजेतिर गुडिखोलाको किनारामा गाडेको अवस्थामा एन्जलको शब फेला परेको थियो । घटनास्थल घर भन्दा झन्डै २ किलोमिटर उत्तरमा थियो ।

प्रहरीका अनुसार शब सोमबार नै पोष्टमार्टमका लागि बर्दिया जिल्ला अस्पताल पुर्‍याइएको थियो । मंगलबार बर्दियाबाट शब पोष्टमार्टमका लागि नेपालगंज पठाउने तयारी भइरहेको छ । बालिकाको हत्या घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *