दाङ, असोज २० । जेन–जी आन्दोलनका क्रममा जेलबाट भागेकासहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कारागार नौबस्ता बाट जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते मौकाको फाइदा उठाउँदै भागेका मध्य नेपालगंज उपमहानगरपालिका – ९ का २६ बर्षीय हरकेश खटिक पक्राउ परेका हुन ।
ज्यान मार्ने उद्योगमा कारागारमा थुनुवाको रुपमा रहेका खटिक असोज १८ गते पक्राउ परेका थिए ।
सोही कारागारबाट भागेका मध्य खजुरा गाउँपालिका – ६ सिमलघारीका २३ बर्षीय मनोज चँदरापनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीका अनुसार चँदरा आगुऔषध मुद्दामा ५ बर्ष ६ महिना कैद सजाय तोकिएको हुँदा कारागारमा थिए ।
चँदरा आइबार पक्राउ परेका थिए ।
त्यस्तै कोहलपुरबाट ज्यानमार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएका मुगुका एक ब्यक्ति पक्राउ परेका छन् ।
मुगु जिल्ला अदालतबाट असोज १२ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सोरु गाउँपालिका – ३ का ४५ बर्षीय डिलबहादुर धामी पक्राउ परेका हुन ।
कोहलपुुर नगरपालिका – ३ मैटहवाबाट इलका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले असोज १८ गते धामीलाई नियन्त्रणमा लिएको थियो ।
बाँकेको खजुरा गाउँपालिका – ४ डी गाउँकी २० बर्षीया गंगाकुमारी खड्कापनि पक्राउ परेकी छन् ।
आगु औषध मुद्दाकी फरार प्रतिबादी खड्का असोज १४ गते पक्राउ परेकी थिइन । जिल्ला अदालत बाँकेले २०८१/०२/ २६ गते आगु औषध मुद्दामा खड्कालाई ४ बर्ष १ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचिमा थिइन ।
पक्राउ परेका सबैलाई हाल जिल्ला कारागारमा पठाइएको छ ।

