२०८२ कार्तिक २५ गते मङ्गलवार

घोराहीमा श्रीमानको हत्या आरोपमा श्रीमति पक्राउ

दाङ , असोज २० । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमति पक्राउ परेकी छन ।

घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढाललबहादुर चौधरीको हत्या आरोपमा ६२ वर्षीया श्रीमति छाँयादेवी चौधरी पक्राउ परेकी हुन ।

दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार
शनिबार राति १० बजेतिर आपसी बिबादका क्रममा श्रीमति छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लइनले प्रहार गरेकी थिइन ।


टर्च प्रहार बाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तस्राबका कारण बिहान ढालबहादुर मृत अवस्थामा फेला परेका थिए ।


घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


प्रहरी अधिकारीका अनुसार त्यो दिन श्रीमान – श्रीमति दुबैले मदिरा सेवन गरेको खुल्न आएको छ । प्रहरीले हत्या आरोपी छाँयादेबीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *