२०८२ कार्तिक २५ गते मङ्गलवार

जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते

दाङ, असोज २० ।सल्यानमा सोमबार दिउँसो भएको डबल क्याप जिप दुर्घटनामा परि चालकसहित सात जना घाइते भएका छन् ।


घाइते मध्य शारदा नगरपालिका – ९ आराका २७ बर्षीय चालक सुरेन्द्र कवरको अवस्था गम्भीर रहेको छ ।


सल्यानका प्रबक्ता प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार सोही वडाको सुनचौरकी ७२ बर्षीया भोटीकुमारी बुढाथोकी, सुनचौरकै १७ बर्षीय कुलबहादुर बुढाको अवस्थामा मध्यम छ । गम्भीर घाइते चालकसहित तीनै जनाको जिल्ला अस्पताल सल्यानमा उपचार जारी छ ।


त्यस्तै उक्त दुर्घटनामा परि सोही ठाउँका ७१ बर्षीय लालबहादुर भण्डारी, शारदा – ८ की २१ बर्षीया मञ्जिरा रानाको ५ महिनाको छोरी एलिशा राना, शारदा – १४ का २६ को सुशिल कवर, ४८ बर्षीय भुपबहादुर बिक घाइते भएका छन् ।

यि तीन घाइतेको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइ रहेको छ । तीन घाइते मध्य भण्डारीको अवस्था मध्यम रहेको छ भने बाँकी दुईको अवस्था सामान्ने रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।


दिउँसो साढे १ बजेतिर शारदा – ९ ज्वालापुरस्थित खलंगाबाट सुनचौर तर्फ जाँदै गरेको लु.प्र.०२–००१ च ०१९६ डवल क्याप जिप अनियन्त्रित भइ सकड बाट झन्डै ६० मिटर तल खसेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *