२०८३ साउन ६ गते बुधवार

चोरखोलामा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, दुइ जना गम्भीर

दाङ, असोज १२ । सल्यानको चोर खोलामा शनिबार बिहान भएको फोर्स गाडी दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुई जना गम्भीर घाइते छन् ।

घटनास्थलमै दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । मृतक मध्य रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ५ का २५ का प्रकाश केसीको मात्रै सनाखत भएको छ । एक जना पुरुष र महिलाको सनाखत हुन बाँकी छ ।


त्यस्तै दुई गम्भीर घाइतेहरुमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ५ का ४७ बर्षीय खगेन्द्र केसी र ३६ बर्षीया डिना केसी रहेका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको सल्यानका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम खत्रीले बताए ।

घाइते दुबै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।

प्रहरी निरीक्षक खत्रीका अनुसार रुकुम पश्चिमबाट दाङ तर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिकै बाट झन्डै साढे ३ सय मिटर तल खसेको छ ।


दुर्घटना शनिबार बिहान ४ बजेतिर भएको थियो । चालक निदाएको हुँदा दुर्घटना परेको हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *