२०८३ साउन २४ गते आइतवार

शंकर पोख्रेलको खण्डहर घर अघि उभिएर दीपक गिरीले भने – यो अत्यन्त अमानविय घटना हो

दाङ, असोज १२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शनिबार नेताका घरमा भएको तोडफोड र आगजनीको अवलोकन गरेका छन् ।

दाङको तुलसीपुर र घोराही क्षेत्रमा भदौ २४ गते जेनजी आन्दोलानमा क्रममा छानी छानी राष्ट्रको सेवा गरि रहेको नेताको घरमा भएको तोडफोड र आगजनीका घटना अतेन्तै अमानविय तथा दुरासय पूर्ण रहेको पूर्व मन्त्रीसमेत रहेका गिरीले बताए ।

तुलसीपुर उपमहानगरपालिका – १९ हाडिमेस्थित नेकपा एमालेका महासचिव शंकर पोख्रेलको आगजनी बाट खण्डहर बनेको घर अगाडि उभिएर बिघठित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीले जेनजीका निश्चित र सकारात्मक मागहरु उचित भएपनि उनीहरुका नाममा भएको अराजकता स्वीकार्य हुन सक्दैन ।

ब्यक्तिगत सम्पत्ति माथि गरिएको तोडफोड र आगजनी गर्नेहरु भविश्यमा नाँगिने नेता गिरीले बताए ।

‘ रिसिबीमा एउटा षडेन्त्र मुलक तरिकाले जुन भएको छ यो अतेन्तै अमानविय र दुरासयपूर्ण छ, यसको हामी घोर भत्र्सना गर्दछौं,’ गिरीले भने ‘ प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेका ब्यक्तित्वहरुका घर निवास जुन जलाइएका छन् यो दुरासयपूर्ण छ ।’

राष्ट्रको सेवा गरि रहेका नेताका निजी घर वा निवासमा भएको आगजनी र तोडफोडको बारेमा छानविन गरि दोषी माथि कानुनी कारवाही हुनुपर्ने उनले बताएका थिए ।

काँग्रेस नेता गिरी नेतृत्वमा स्थानीय नेताहरु सम्मेलित उक्त समुह सुरुमा दाजु नाता पर्ने अर्का काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको तुलसीुपरस्थित निवासमा पुगेको थियो ।

राजनीतिमा लागेकै कारण नेताका घर तथा निवास छानी छानी जलाइनु निकै निन्दनीय कार्य भएपनि सम्हालिनुको बिकल्प नरहेको पीडा गेहेन्द्र गिरीले पोखेका थिए ।

‘जस्को सुकै परिस्थिति आइ लाग्दापनि सम्हालिएर बाँच्नुको बिकल्प नहुँदो रहेछ भाइ ,’ गेहन्द्रले भनेका थिए ‘ प्रजातन्त्र प्राप्तिका लागि लड्नु र काँग्रेस हुनु बाहेक अरु कुनै मेरो दोष कँही नेर थियो र ?’

तुलसीपुर – ५ सल्यानरोडस्थित उनको निवासको प्राङगणमा प्रार्किङ राखिएको एउटा हायस गाडी आगजनी बाट ध्वस्त पारिएको थियो । जुन गाडी कवार्डलाई दिएको गेहेन्द्र गिरीले बताए ।

गेहेन्द्रको घरमा आगजनी बाट क्षति पुगेका घरका झ्याल तथा ढोकाहरु फेरिएको अवस्था देखिन्थ्यो । ‘ह्वाइट हाउस’का नामले चिनिने गेहेन्द्र निवास आगजनी पछि धुँवाले पुरै कालो थियो । तर, त्यो सबै सफाचट पारिएको अवस्था थियो ।

पहिले जस्तै सेतो रंग रोगन गरि घर सफा र चिटिक्क भइ सकेको थियो । घरको आसपासमा भने अझैंपनि धुँवाको गन्ध भने हावामा कावाखाइ रहेको सहजै आभास हुन्थ्यो ।

अघिल्लो अधिवेशनमा भूगोल अन्तरगत लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता गेहेन्द्र २०५६ मा माननीय निर्वाचित भएका थिए । त्यस उता उनी कुनैपनि लाभको पदमा पुगेका थिएनन् । हाल कायम रहेको उनको सबै जग्गा जमिन पैतृक सम्पत्ति हो ।

बरु उनले यो बीचमा दुई पटक तुलसीपुरको मेयरमा लगातार पराजय भोगेका थिए । ती चुनाव लड्दा गेहेन्द्र केही जमिन बेचि सकेका छन् ।

त्यसपछि अनुगमन टोली लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तुलसीपुर – ६ डुर्मीगाउँस्थित निवासमा पुगेको थियो । चौधरी खासमा सामाजिक अभियान्ता हुन । कम्हली मुक्ति आन्दोलनमा उनको ठूलो योगदान छ ।

बिगतमा दाङ, बाँके, बिर्दिया, कैलाली, कञ्चनपुर जस्ता जिल्लाहरुमा थारु बस्तिमा रात्रि कालिन शिक्षा मार्फत सयौं अनपढ चेलीबेटीलाई लालटिनको उज्लायोमा पढाएर उनले साक्षर बनाएका थिए ।

सभापति शेरबहादुर देउवाको आर्शिबादका कारण छोटो समयमै राजनीतिमा स्थापित चौधरी नेपालमा थारु समुदायवाट मुख्यमन्त्री बनेका पहिलो ब्यक्तिपनि हुन । चौधरीकी आमा स्थानीय जमिन्दारका घरमा १७ बर्ष कम्लहरी बसेकी थिइन । आँफु कम्लहरी बसेर उनले छोराहरु पढाएको संग बताइन ।

उनै चौधरीका दुई वटै घरमा आगजनी र तोडफोडहरु भएको थियो । पूर्व मुख्यमन्त्री चौधरी आँफु बस्ने घरमा शनिबार मिस्त्रीहरुले काम गरि रहेका थिए । आगजनी पछि जलेर खण्डहरु बनेको चौधरीको घरमा झ्याल ढोका केही थिएनन् । दर्जन बढी नयाँ झ्याल ढोका प्राङगनमा राखिएका थिए ।

नजिकैको चौधरीको आमा बस्ने घरमा आँशिक क्षति पुगेको थियो । जहाँ सानो जस्ता पाताले छाएको पुर्खेउली घरमा बसेर पूर्व मुख्यमन्त्री चौधरी भूइमा बसेर परम्परा अनुसार दशैंको पूजा गरि रहेको अवस्थामा फेला परेका थिए ।

त्यो पूजा गर्दा कतै हिड्न गर्न, अरुलाई छुन नमिल्ने जसता प्रचलनका कारण आफ्नै पार्टीका नेताहरु पुग्दापनि पूर्व मुख्यमन्त्री चौधरी घर भित्रै मौन बसे । उनलाई टाढै बाट नेताहरुले ढाडस राख्न आशयको इशारा गर्दै निस्किएका थिए ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *