दाङ, असोज १० । सुदूरपश्चिम प्रदेश सरकारले खर्च कटौटी सम्बन्धि बिभिन्न पाँच वटा निर्णयहरु गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा शुक्रबारको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकारका खर्च कटौति गर्ने सम्बन्धि बिभिन्न पाँच वटा निर्णयहरु गरेको हो ।
जस्मा दश लाख भन्दा कमका विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने / नगराउने निर्णय एक नम्बरमा गरिएको छ । त्यसपछि प्रदेश सरकार मातहतका निकायहरूबाट संचालन हुने कुनैपनि आयोजनाहरू उपभोक्ता समिति मार्फत कार्यन्वयन नगर्ने / नगराउने निर्णय गरिएको छ ।
बुँदा नम्बर तीनमा एउटै क्रियाकलाप नम्वरमा समावेश भएका दुई वा दुई भन्दा बढी खानेपानी तथा सिंचाई बाहेकका आयोजना तथा कार्याक्रम कार्यान्वयन नगर्ने भन्ने उल्लेख छ ।
त्यस्तै हाल बिनियोजन रकममा छपाई तथा प्रकाशन तर्फ ७०५ र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्यांकन खर्च, तालिम, गोष्ठी तथा सेमिनार तर्फ विनियोजन बजेटको ५०५ कटौती गर्ने निर्णय गरिएको छ ।
बुँदा नम्बर पाँचमा मन्त्री परिषदको बैठकले अनुभव आदान प्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समाहरोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शाहले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनपनि दिएका छ्न ।
आन्तरिक मामिला तथा कानून मन्त्रि हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले दसैँ, तिहार र छठ जस्ता चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्नसक्ने भन्दै शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएका हुन ।
