
तस्बिर : शरद रेग्मी ।
तुलसीपुर, असोज १० । इलाका प्रहरी कार्यालय तुलसीपुरमा हालसालै काज सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख डिएसपी होमबहादुर पराजुलीले तुलसीपुरको शान्ति सुरक्षाको लागि इमान्दारिताका साथ प्रयास गर्ने बताएका छन् ।
शुक्रबार पत्रकार संगको परिचआत्मक कार्यक्रममा तुलसीपुर क्षेत्रको च्यालेन्जलाई अवशरका रुपमा लिने उनले बताए ।
‘तुलसीपुर दाङको आधा भन्दा बढी क्षेत्राधिकार भएको च्यालेञ्जिङ र पुलिसिङमा एक दमै हबपनि भएको क्षेत्र हो भन्ने सुनेको छु,’ डिएसपी पराजुलीले भने ‘ र हाम्रो यो पुलिस करियरमा जति च्यालेञ्जिङ क्षेत्र हुन्छ त्यो उति नै अवशरका रुपमा लिन गरिन्छ ।’
यो भन्दा पहिलै पुष्पराज मल्लकै पालामा आँफु तुलसीपुर आउन चाहेको भएपनि संभव नभएपनि यतिखेर फेरि पहिले जस्तै निर्वाचन गराउन समयमा आँफु आइ पुगेको हुँदा त्यसलाई सफल पारिने उनले बताएका थिए ।
प्रहरीका ब्यारेकहरु जलाइएको,गाडीहरु जलाइएको अहिलेका बिषम परिस्थितिमा सबैको साथ सहयोग आवश्यक रहेको उनले बताएका थिए ।
‘ महाराजगंज हाम्रा जवान ढले ती जवानलाई क्रुर र अमानविय तरिकाले हत्या गरियो । त्यसको प्रत्यक्ष भिडियो म पनि छु,’ उनले भने ‘ तर हाम्रो जवान ढलेपनि मन ढलेको छैन र त्यो खरानीबाट उठ्ने हामी प्रयासमा छौं र उठ्छौंपनि ।’
प्रहरी बिनाको राज्य हुन सक्दो रहेन छ भन्ने आँफुहरुले अनुभवपनि गरेको उनले बताए । ‘प्रहरीको बिकल्प प्रहरी नै रहेछ भन्ने हामीलाई पनि थाहाँ भयो,’ डिएसपी पराजुलीले भने ‘ प्रहरीले दुई काठमाडौं लगाएत देशैभर हात खडा गर्दा डिउटीदेखि बिमुख हुँदा देशै खरानी भएको जगजाहेर नै छ ।’
उनले प्रहरी पेशा मात्रै नभएर जनताको सेवापनि भएको बताए ।
बिक्रम संवत २०१२ सालमा स्थापना भएको प्रहरी संगठन जस्तो सुकै बिषम परिस्थितिमा पनि पार गर्दै यहाँ सम्म आइ पुगेको भन्दै डिएसपी पराजुलीले अहिलेको चुनौतिलाई नयाँ अवशरका साथ अगाडि बढ्ने प्रण गरे ।
तुलसीपुर क्षेत्रमा हुने गरेको जुवा, गुन्डागर्दी, लागु औषधको कारोबार न्यूनिकरणको लागि प्रयास गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस क्रममा पत्रकारहरुले नयाँ सरुवा भएका आएका डिएसपी पराजुलीलाई तुलसीपुर क्षेत्रको अवस्था, यस क्षेत्रका प्रमुख समस्या र गर्नु पर्ने कामहरुका बारेमा सुझावहरु दिएका थिए ।
