तुलसीपुर, असोज १० । नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत र लमही नगर विकास समितिका पूर्व अध्यक्ष घनश्याम सुवेदी बिहान मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।
बस्नेत काँग्रेस महासमिति सदस्य हुन ।
लमही नगरपालिका – ५ स्थित रातोडाँडामा सुवेदीले हाँकेको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन । घाइते मध्य नेता बस्नेतको छातिमा चोट छ ।
बस्नेतको एउटा करङ फ्याक्चर भएको र थप उपचारका लागि बाँकेको नेपालगंज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
त्यस्तै अर्का घाइते सुबेदीको टाउको लगाएत अनुहारमा चोट छ । उनलाई पनि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ ।
तर दुबै जनाको अवस्था खतरा मुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार