दाङ, असोज ७ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको कार्यसैली प्रति दुई दर्जन बढी पेशागत संगठनहरुले बिरोध जनाएका छन् ।
बिभिन्न पेशागत संगठनका २५ जनाले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रजिअ जोशीको ब्यबहार स्वतन्त्र प्रेसको बर्खिलाप भएको भन्दै सच्चिन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवं गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा प्रमुख जिल्ला अधिकारीले असोज ५ गते दुव्र्यवहार गरेको भन्दै उनीहरुले त्यसको बिरोध गरेका छन् ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका तस्बिर लिन खोज्दा प्रजिअ जोशीले पत्रकार आचार्यलाई अनुमति नलिएर किन तस्बिर लिएको भन्दै दुब्र्यबहार गरेको उल्लेख छ ।
जस्लाई उनीहरुले स्वतन्त्र पत्रकारिता माथिको अवरोध गर्न खोजिएको भन्दै आफ्नो पदिय दायित्व विपरितका कार्य नगर्न सुझाएका छन् ।
जोशीले त्यसपूर्व नै प्रेसप्रति दुर्भाव राख्ने गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि अभिब्यक्ति तथा व्यवहार देखाएको, नागरिक समाजका सार्वजनिक कार्यक्रम (बार, होटेल अर्गनाइजेशन लगायत) मा अशोभनिय अभिव्यक्ति दिएको दोषरोपन गरिएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले विज्ञप्तिमा मार्फत प्रजिअ जोशीको कार्यसैलीको बिरोध गरेका छन् ।
त्यस्तै नेपाल मानव अधिकार संगठन बाँकेका सभापति प्रल्हादबहादुर कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, विकासका लागि नागरिक सरोकार समिति नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, होप ट्रेनिङ एण्ड रिचर्स सेन्टरका निर्देशक सुरेश गौतम, त्रिवि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका अध्यक्ष राजेन्द्र श्रेष्ठको पनि बिज्ञप्तिमा हस्ताक्षर छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शुशिल लामिछाने, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशिल पत्रकार संघका उपाध्यक्ष तिलक गाउँले, भ्वाइस नेपालगंजका अध्यक्ष रमेश सिटौला र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्र लगाएतले प्रजिअ जोशीको दुब्र्यबहारको बिरोध जनाएका छन् ।

