२०८३ साउन २४ गते आइतवार

चटकीमै बसेर जनताको सेवा


तुलसीपुर, असोज ७ । घोराही उपमहानगरपालिका – १५ वडाका वडाध्यक्ष रमेशकुमार पाण्डेले चकटीमा बसेर जनताको काम गर्न सुरु गरेका छन् ।


भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको हुँखा कार्यालयका सम्पूर्ण सामाग्री नष्ट भएका थिए ।


‘ तोडफोड र आगजनीबाट सुकुम्बासी जस्तै भइयो,’ पाण्डेले भने ‘ तर, जस्तो अवस्था भएपनि जनतालाई सेवा दिनु पर्छ भन्ने हो ।’

कार्यालयका सबै फर्निचरहरु तोडफोड र आगजनीबाट नष्ट भएको हुँदा भूइमै चटकी राखेर सेवा दिन सुरु गरिएको नेपाली काँग्रेसका नेतासमेत रहेका पाण्डेले बताए ।

स्थानीय मगै गाउँकाले वडा कार्यालयलाई निशुल्क रुपमा उपलब्ध गराएका दुई वटा चटकी र बिरा कार्यालयमा ल्याइ दिएको हुँदा त्यसैमा बसेर मंगलबारदेखि जनताको सेवा सुरु गरिएको वडाध्यक्ष पाण्डेले जानकारी दिए ।


कर्मचारीको हकमा भने प्लाष्टिकका कुर्सी किनेर सेवा सुरु गरिएको उनले बताए । कर्मचारीले कम्प्युटर पनि चलाउनु पर्ने भएको हुँदा केही प्लाष्टिकका कुर्सी र टेबुल किन्नु परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *