बाँके, असोज ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण तोडफोड तथा आगजनी गरिएका कार्यालयको अनुगमन गरि रहेका छन् ।
दुई दिन पहिले उनी तोडफोड र आगजनी गरिएका दाङका सरकारी कार्यालय, संघ संस्थाका कार्यालय तथा ब्यक्तिका घरहरु अबलोकन गर्न आएका थिए ।
नेकपा एमालेका नेता समेत रहेका उनी मंगलबार बाँके पुगेका छन् । त्यहाँका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयको पनि अनुगमन गरेका छन् ।
दाङ भन्दा पहिले उनले अर्घाखाँची र प्यूठानमा अनुगमन गर्न गएका थिए ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा तत्काल सुरु गरिने आश्वासन दिएका छन् ।
जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको बिरोध गरे । घुस पैठ भइ जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको उनले बताएका थिए ।
जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा गरि करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको मुख्यमन्त्री आचार्यले बताए ।

