२०८२ कार्तिक २४ गते सोमवार

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक किशोरको मृत्यु अर्का गम्भीर घाइते

दाङ, असोज ६ । सुर्खेतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना किशोरको मृत्यु भएको छ अर्का एक जना गम्भीर घाइते भएका छ्न ।

मोटरसाइकल चालक बाँके कोहलपुर नगरपालिका – २ का १८ बर्षीय ऋतिक शाहीको उपचारका क्रममा दिउँसो प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा मृत्यु भएको हो ।

सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार मोटरसाइकलको पछाडि सवार अछाम पञ्चादहल बिनायक नगरपालिका – ४ का १९ बर्षीय दमन शाही गम्भीर घाइते भएका छन् ।

उनको माया मेडिकल छिन्चुमा उपचार जारी छ । बायाँ खुट्टा र छातिमा चोट रहेका शाहको अवस्थापनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

डिएसपी बुढथापाले मृतक र घाइते आफन्त हुन । उनीहरु दशैं मनाउन भनेर पुर्खेउली घर अछाम तर्फ जाँदै थिए ।


सोमबार दिउँसो पौने १ बजेतिर सुर्खेतको भेरिगंगा नगरपालिका – १२ पाडुले नजिकै ना. ५ ख ५६०८ नम्बरको खाली ट्रकले लु.प्र.०३००१ प– ३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ट्रक छिन्चुबाट सुर्खेत तर्फ आउँदै थियो भने मोटरसाइकल कोहलपुरदेखि सुर्खेत हुँदै अछाम तर्फ जाँदै थियो ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *