तुलसीपुर , असोज ५ । दाङको घोराही उपमहानगरपालिका–३ भानपुरमा चार अर्ब लगानीको संजिवनी शिक्षण अस्पताल सञ्चालनमा आएको छ ।
यो अस्पतालमा बाँकेको नेपालगंजमा संजिवनी शिक्षण अस्पताल संचालन गर्दै आएको खुमाप्रशाद अधिकारीको एकल लगानी छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले असोज ६ गते बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि अस्पताल सञ्चालन गरि अस्पताल सञ्चालनको औपचारिक घोषणा गर्न थालिएको हो ।
रोकाका अनुसार घटस्थापनाको शुभ साइत हेरि अस्पतालको उद्घाटन गरिने फरककोणलाई बताए ।
५ बिगाहा बढीको आफ्नै जग्गामा ६ बर्ष पहिले २०७८ सालदेखि अस्पतालका संरचना निर्माणको काम सुरु भएको थियो । स्वास्थ्य मन्त्रालयबाट (एलओआइ) मनसाय पत्र प्राप्त गरेपछि अस्पतालका संरचना निर्माण सुरु भएका थिए ।
५ सय सैयाको पूर्वाधार क्षमता रहेपनि हाल करिब ३ सय सैयाहरु संचालन गरिने भएका छन् । आगमी तीन बर्ष भित्रमा अस्पताल पाँच सय सैयामा संचालन गर्ने उदेश्य राखिएको छ ।
दाङसहित साबिक राप्तीका जिल्लाबासीमा सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उदेश्य अनुरुप पहिलो पटक निजी क्षेत्रको लगानीमा मेडिकल कलेज संचालन गर्न थालिएको हो ।
जस्को प्रमुख उदेश्य भविश्यमा डाक्टरहरु उप्पादन गर्ने गरि कक्षाहरु संचालन गर्नुपनि रहेको छ । अस्पतालले २०८३ सालबाटै एमबिबीएस र बिडिएस बोकका अन्य कक्षाहरु संचालन गर्ने उदेश्य राखेको छ ।
यद्यपी मेडिकल कलेज सञ्चालनका लागि १५ बिगाहा जग्गाको क्षेत्रफलमा भौतिक संरचना हुनुपर्ने प्राबधान छ ।
हाल पाँच बिगहा बढी मात्रै क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । आगामी ३ बर्ष भित्रमा थप ११ बिगाहा जग्गाको ब्यबस्थापन गरि अस्पताल निर्माण गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
घोराही – ३ को यो संजीवनी अस्पतालबाट सर्वशुलभ सेवा प्रदान गरिने अस्पताल प्रशासनले बताएको छ ।
