२०८३ असार २ गते मङ्गलवार

प्रेस युनियन दाङले दशैंमिलन कार्यक्रम गर्ने


दाङ,असोज ४ । नेपाल प्रेस युनियन दाङले घोराहीमा दशैंमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

नेपाल प्रेस युनिय दाङको शनिवार घोराहीमा बसेको बैठकले यहि असोज १२ गते आइतवार घोराहीमा दशैंमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपाल प्रेस युनियन केन्द्रको परिपत्र अनुसार प्रेस युनियनको सदस्यता नविकरण दाङमा कार्तिक १५ गतेसम्म गरि सक्ने निर्णय गरेको छ ।

बैठकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जिल्लाका सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएका घट्नाको प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।

सचिव भण्डारीका अनुसार बैठकले प्रेस युनियन दाङका कार्यसमिति सदस्य प्रकाश केसीको जेन–जी आन्दोलनका क्रममा मोटरसाइकलमाथि भएको आगजनीप्रति दुःख व्यक्त गर्दै देशभर सञ्चार माध्यम र सञ्चारकर्मीप्रति भएको तोडफोड, आक्रमण र अभद्र व्यवहारका घट्नाको भत्सना गरेको छ ।

साथै जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अपूर्ण गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष डा सुदीप गौतम, नेपाल प्रेस युनियका पूर्व अध्यक्ष तथा सल्लाहकार सन्तोष सुवेदी, सुशील बस्नेत, नेपाल प्रेस युनियन दाङका पूर्व सचिव आर.के.शितललगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *