तुलसीपुर , असोज ४ । आज तुलसीपुरसहित पश्चिम दाङका सबै पालिकाहरुमा दिनभर बिजुली बत्ति नहुने भएको छ ।
मर्मत गर्न थालिएको हुँदा चार पालिकामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुने बिद्युत कार्यालयले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाकाका सम्पूर्ण वडाहरुमा र दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका आंशिक स्थानहरूमा बिजुली बत्ती नरहने कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
