दाङ , असोज ४ । बाँकेमा खसी किन्ने सवालमा साला भेना बीचको झगडामा परि एक जनाको ज्यान गएको छ ।
जिल्लाको नेपालगंज उपमहानगरपालिका – ५ का ५२ बर्षीय जाबिद अली बेहनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले बताए ।
बिहान एउटाले किन्न ठिक्क पारेको खसी अर्केले उठाए पछि दुई समुहका बीचमा झडप भएको थियो । उनीहरु आपसमा ढुँगा हाना हान गरेका थिए ।
स्रोतका अनुसार झगडा गर्नेहरु साला भिनाका दुई समुह थिए । झडप पछि मारिएका ब्यक्ति साला वा भेना को हुन भन्ने बारे थप सोधपुछ हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी पातलीका अनुसार उनीहरुका बीचमा शुक्रबार बिहान ९ बजेतिर आपसमा ढुँगा हानाहान गरेका थिए । घाइते जाबिदको दिउँसो साढे २ बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो ।
डिएसी पातलीले हत्या घटनामा संलग्न रहेका मध्य चार जानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको जानकारी दिए ।
