२०८३ साउन ९ गते शनिवार

जेन–जी आन्दोलनमा ज्यान गुमाएका दुई जनाको संझनामा दीप प्रज्वलन


नेपालगन्ज, असोज ३ । जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको धम्बोझीस्थित वीरेन्द्र चोकमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।


श्रद्धाञ्जली सभामा जेन आन्दोलनको क्रममा मृत्यु भएका नेपालगन्ज –१ क आयुष थापा र शुलभ श्रेष्ठसँगै आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।


श्रद्धाञ्जली सभामा फुटबल संघका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा विभिन्न संघका पदाधिकारी, प्रशिक्षक तथा आमनागरिकको सहभागिता रहेको थियो ।


नेपालगन्जकी पूर्व उप प्रमुख उमा थापा मगर, बाँके जिल्ला महिला फुटबल समितिका अध्यक्ष नितु चन्द, पुर्व फुटबल खेलाडी शान्ति सिंह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष सुर्यमणि अधिकारी लगायतले दीप प्रज्वलनमा सहभागी थिए ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *