२०८३ असार २ गते मङ्गलवार

काँग्रेसले शान्तिनगरमा संविधान दिवस मनायो

तुलसीपुर , असोज ३ । नेपाली काँग्रेस शान्ति नगर गाउँपालिका कार्यसमितिले ११औं संविधान दिवसका अवशरमा कार्यक्रम गरेको छ ।


काँग्रेस शान्तिनगरका सभापति झलक केसीको अध्यक्षता र २०३६ सालका बहुदल प्रचार प्रशार संयोजक यमप्रशाद पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा बर्तमान अवस्थामा २०७२ सालको संविधानको आवश्यकता तथा विचार गोष्ठी माथि बिचार बिमर्ष भएको थियो ।


कार्यक्रमको प्रमुख बक्ताको रुपमा अधिबक्ता मोहन धितालले मुलुको मुल कानुन संविधानकै आधारमा मुलुक संचालन हुने हुँदा त्यसलाई सबैले आत्मसाथ गर्नुपर्ने बताएका थिए ।

त्यस्तै बिशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङका सदस्य सुरेन्द्र शाह, गाउँपालिका उपाध्यक्ष प्रेमा केसी, उद्योग तथा ब्यापार समन्वय समिति दाङका सदस्य दुर्गा खड्का, काँग्रेस नेताहरु मुलबहादुर खड्का, बुद्धिराम तिवारी, सशिधर केसी, वडाध्यक्ष मिनबहादुर केसी, ताराबहादुर वलीले ७ दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षाको लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रमलाई वडा नं. ७ का नेपाल तरुण दल अध्यक्ष डम्मर केसी, नेपाल शिक्षक संघका अध्यक्ष कुलबहादुर डाँगी लगाएतले संविधानको महत्व र सात दशक लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै जागरुक हुनुपर्ने बताएका थिए ।


द्रोणबहादुर केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण काँग्रेस शान्तिनगरका सचिव दीपक लामिछाने र रोषण रावतले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *