शंकर केसी, सल्यान, भदौ ३१ । भारतमा भएको सवारी दुर्घटनामा परि नेपालको सल्यान जिल्लाका चार जनाको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका – ४ बस्नेज्यूला गाउँका चारजनाको मृत्यु भएको छ ।
वडाध्यक्ष शोभिलाल बस्नेतका अनुसार मृत्यु हुनेमा एकै घर परिवारका ४६ बर्षीय डिल्लीबहादुर शाही, ३७ बर्षीय एकेन्द्र शाही, २५ बर्षीया लक्ष्मी शाही र विष्ट गाउँका ३६ वर्षीय राजेश विष्टको मृत्यु भएको छ ।
भारतको हिमाञ्चल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिकै गाडी दुर्घटना चार जनाको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
दुर्घटनामा परि नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । घटनाबारे घाइतेहरुले परिवारलाई खबर गरेपछि थाहा भएको थियो । मृतक मध्य लक्ष्मी एक वर्ष अघि रोजगारीको खोजीमा सिमला गएको पारिवारीक स्रोतले बताएको छ ।
अरु भने गत असारमा धान रोपाँइ सकेर भारत गएका थिए । मृतक सबैको शब सल्यान ल्याउने तयारी भइ रहेको आफन्तले बताएका छन् ।
