२०८३ असार २ गते मङ्गलवार

जस्ले प्रहरीमा बुझाए लुटेर लगेको नगद तथा गरगहना

दाङ, भदौ ३१ । बाँकेमा एक जना ब्यक्तिले जेनजीको आन्दोलनका क्रममा लुटिएको नगद तथा गरगहना प्रहरीमा बुझाएका छन् ।

जिल्लाको कोहलपुर नगरपालिका – १ का ३२ बर्षीय अजय परियार समेतका व्यक्तिहरुले भदौ २४ गतेका दिन कोहलपुर – ११ स्थित राजश्व अनुसन्धान कार्यालय बाट लुटपाट भएका नगद र गरगहना इलाका प्रहरी कार्यालयमा पुगेर बुझाएका हुन ।


परियारको समुहले नेपाली रुपैया एक लाख सत्र हजार छ सय ५०, भारतिय रुपैया एक लाख ३४ हजार नौ सय ७६ समेत गरि कुल दुई लाख ५२ हजार छ सय २६ रुपैयाँ आएर बुझाएको इप्रका कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन ।


परियाले ४२१.३२ ग्राम सुन र ९ किलो ९८४ ग्राम चाँदीपनि बुझाएका छन् । राजश्व कार्यालयका शाखा अधिकृत खडकप्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधित तथा भद्र भलादमी , समाज सेवी, समेतको रोहबरमा सामान बुझाइएको हो । परियारले बुझाएका नगद र गरगहना इप्रका कोहलपुर राखिएको डिएसपी खनालले बताइन ।


लुटपाट भएका सामान फिर्ता गर्न सम्बन्धित कार्यालय र प्रहरीले समेत आग्रह गर्दै आएको छ । भिडियो रिल तथा सिसीटिभी फूटेजमा लुटपाट गरेकाहरुले सामान फिर्ता गर्ने अभियान देशब्यापी रुपमा चलेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *