२०८३ असार २ गते मङ्गलवार

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले लिदैंछन सोमबार सपथ

काठमाडौं,भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्का तीन मन्त्रीको टुंगो लागेको छ।

प्रधानमन्त्री निकट स्रोतले तीन मन्त्रीको टुंगो लागेको पुष्टि गरेको छ।

कुलमान घिसिङ ऊर्जा, भौतिक तथा सहरी विकास, रामेश्वर खनाल गृहमन्त्री र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो।

घिसिङ विद्युत प्राधिकरणका पूर्वकार्यकारी हुन् भने खनाल पूर्व अर्थसचिव। अर्याल कानुन व्यवसायी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन्।

यी तीन मन्त्रीले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहबीच शपथ गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयमा टेन्ट टाँगेर आयोजना गरिने समारोहमा उनीहरूले शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन्।
कार्कीले जेनजी आन्दोलनको परिणामस्वरूप उनीहरूको चाहना शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएकी थिइन्।


आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी संसद विघटन गरेर कार्की शुक्रबार प्रधानमन्त्री बनेकी हुन्।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *