२०८३ असार २ गते मङ्गलवार

रेशम चौधरीले त्यागे नाउपा


दाङ, भदौ २९ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी त्यागको घोषणा गरेका छन् ।
नाउपा अध्यक्ष तथा पत्नि रञ्जिता चौधरीसँगको बिबादका कारण संरक्षक रेशमले पार्टी त्यागको घोषणा रेका हुन ।


रेशम चौधरीले २०७२ भदौ ७ गते डिल्लीबजार कारागारभित्रै छँदा नाउपा पार्टी गठन गरेका थिए। आँफुले जेल सजाय काटिरहेकाले रेशमले पत्नी रञ्जितालाई अध्यक्ष बनाएर पार्टी दर्ता गरेका थिए।


टीकापुर घटनामा रेशम प्रमुख दोषी ठहर भएपछि अदालतले आजीवन कारावासको सजाय तोकेको थियो ।
उनले २०८० पुसमा पहिलो महाधिवेशन गरेर आफूलाई अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले त्यसलाई वैधता दिन मानेको थिएन ।

त्यसपछि रेशमले २०८२ साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी रञ्जितलाई अध्यक्षबाट हटाएर पिता लालवीरलाई अध्यक्ष बनाएका थिए। त्यसलाई पनि निर्वाचन आयोगले अबैध ठहर गरेको थियो ।

निर्वाचन आयोगमा पार्टी दर्ताको समयमा उनका बुवा लालवीर नाउपाको संस्थापक २१ जनामध्येका होइनन् ।
साथै पार्टीको राष्ट्रिय भेला अध्यक्षले मात्रै बोलाउन पाउने ठहर गर्दै निर्वाचन आयोगले रञ्जिताको अनुपस्थित भएको भेलालाई पनि अवैध भनिदिएको थियो । जस्ले गर्दा संरक्षक रेशम अप्ठेरोमा परेका थिए ।


आफ्नो सामाजिक संजालमा उनले भदौ २९ गतेदेखि आँफैले जन्माएको नाउपा पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।


अब नयाँ पार्टी गठन गर्ने उनले उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएपछि रेशमको पत्नि रञ्जिता संगको बेमेल पटक पटक सार्वजनिक हुँदै आएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *