२०८२ कार्तिक २५ गते मङ्गलवार

तुलसीपुरस्थित काँग्रेसको पार्टी कार्यालय तरुण युवाले सरसफाइ गरे

नगरसभापति हमालले प्रहरी प्रशासनलाई बुझाए क्षतिको विवरण

तुलसीपुर , भदौ २९ ।जेनजी आन्दोलनका नाममा तुलसीपुर उपमहानगरपालिका – ६ स्थित पार्टी कार्यालयमा तरुण युवाहरुले सरसफाई गरेका छन् ।


नेपाल तरुण दलका तुलसीपुर नगर अध्यक्ष कमल घर्तीको नेतृत्वमा युवाहरुले पार्टी कार्यालयको सरसफाइ गरेका हुन ।


सरसफाइ कार्यक्रममा नेपाली काँग्रेस दाङका जिल्ला सदस्य रमेश मल्ल, युवा ब्यबसायी वशन्त खड्का, राप्ती बबइ क्याम्पसका स्ववियु सभापति प्रमोद भण्डारी र नेपाल विद्यार्थी संघ आवद्ध बिभिन्न युवाहरुको सहभागिता रहेको थियो ।


भदौ २४ गते भएको ढुँगा मुडा, तोडफोड र आगजनी गरि ठूलो क्षति पुर्‍याइएको थियो । जो पाटी कार्यालय सुरेश हमाल नगर सभापतिको रुपमा निर्वाचित भएपछि आपसमा सहयोग संकलन गरि निर्माण गरिएको थियो । लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो संसद बिकास कोषबाट पार्टी कार्यालय निर्माण गर्न झन्डै दश लाख बजेट बिनियोजन गरेका थिए ।

नगरसभापति हमालले आँफैले तीन लाख २५ हजार, नगर उपसभापति विनिल केसीले तीन लाख १५ हजार जति रकम सहयोग गरेको पार्टी कार्यालयको अभिलेखमा उल्लेख थियो । देश बिदेशमा रहेका पार्टीका शुभेच्छुकहरुले पार्टी कार्यालय निर्माणका लागि आर्थिक साहेता प्रदान गरेका थिए ।

जेनजीको नाममा सोही पार्टी कार्यालयमा गरिएको तोडफोड र आगजनीको नगरसभापति हमालले आफ्नो सामाजिक संजाल मार्फत खेद ब्यक्त गरेका छन् ।

पार्टीका शुभेच्छुक साथीहरु संग आपसमा सहयोग संकलन गरि निर्माण गरिएको सुन्दर पार्टी कार्यालयका साथै बाहरि प्राङगणमा स्थापना गरिएका संस्थापक नेता विपी कोइराला, लौहपुरुष गणेशमानसिंह श्रेष्ठ, नेता खुमबहादुर खड्का लगाएतको शाकिल पनि तोडफोड गरिएको घटना निकै निन्दनीय कार्य रहेको उनले बताएका छन् ।

नगर सभापति हमालले पार्टी कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिको बिवरण प्रहरी समक्ष पेश गरि सकेका छन् ।


यस्तो छ प्रहरी प्रशासनमा सभापति हमालले पेश गरेको क्षतिको विवरण –

१– सोफासेट १ लाख
२ – साउण्ड सिस्टम ८० हजार
३– इनभटर ७५ हजार
४– टेबुल ८ वटा ८० हजार
५– कुर्सी २६० वटा १ लाख ५० हजार
६– कार्पेट २० हजार
७– अकवागार्ड पानी फिल्टर २५ हजार
८– बिपी कोईराला , गणेसमान सिंह र खुमबहादुर खड्काका शालिक १ लाख ५० हजार
९– सहिद तथा पाटीका नेतागण र जग्गा दाताहरुका तस्बिर ४० वटा १० हजार
१० – ढोका ४ वटा ३५ हजार
११–पंखा ३० वटा १ लाख
१२– एउटा रोष्टम २० हजार
१३–बिपी पुस्तकालय २५ हजार
१४– गेट र झ्यालहरु २ लाख
१५– जिब्सन १ लाख
१६– टिन २ लाख (अन्दाजी)
१७ – रेलिङ वाल २ लाख (अन्दाजी)
१८ – इनामेल (पेन्ट) २ लाख ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *