२०८३ भाद्र १० गते बुधवार

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत


तुलसीपुर , भदौ २८ । उच्च अदालत तुलसीपुर दाङले तोडफोड र आगजनी बाट क्षतिग्रस्त संरचनाबाटै आइतबारदेखि सेवा सुरु गर्ने भएको छ ।


अदालतको शुक्रबार बसेको पूर्ण बैठकले अदालतदेखि बन्दीप्रत्यक्षीकरणको निबेदन दर्ता, सो को सुनुवाई गर्ने कार्य, पक्राउ अनुमति जारी र स्वीकृति प्रदान गर्ने कार्य आइतबारदेखि सुरु गर्ने निर्णय गरेको हो ।


अन्य मुद्दाका कामकारबाही सूचारु गर्ने सम्बन्धमा जानकारी दिइने भएको छ ।

रजिष्टार यमप्रशाद बासकोटाका अनुसार तोडफोड र आगजनी पछिको बिषम परिस्थितिका बाबजुद उच्च अदालतबाट मुद्दा दर्ता एवम सुुनुवाई समेतका काम कारबाही सूचारु गर्ने भरमज्दुर प्रयास भइ रहेको छ ।


जेनजीको नाममा भएको पर्दशनका क्रममा भदौ २४ गते उच्च अदालत तुलसीपुरमा पनि तोडफोड र आगजनी भएको थियो ।

जसबाट अदालतका अधिकाँस भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा मिसिल, सूचना प्रबिधि पर्णालीसमेत क्षतिग्रस्त बन्न पुगेको रजिष्टार बासकोटाले उल्लेख गरेका छन् ।

त्यो दिन पर्दशनका नाममा अदालतमा तोडफोड, ढुँगामुडा, आगजनी र लुटपाटसमेतका घटनाहरु भएको रजिष्टिार बासकोटाले जानकारी दिएका छन् ।


अदालतका सूचना अधिकारी कृष्णप्रशाद शर्माले अदालत परिशरम राखिएका पाँच वटा गाडी आगजनीबाट पूर्ण रुपमा ध्वस्त पारिएका छन् । त्यस्तै अदालतका ४० जति कम्प्यूटर मध्य लेखा शाखाको एउटा कम्प्यूटर मात्रै फेला परेको छ ।

उनीहरु भूइ तलाबाट आगो लगाउँदै गएको हुँदा धुँवाले निसास्एिका कारण भागेको र त्यसले गर्दा सबै भन्दा माथिल्लो तलाको अभिलेख शाखाका कागजातमा त्यति क्षति हुन नपाएको सूचना अधिकारी शर्माले जानकारी दिए । तर, उनले त्यो बाहेक चालु मिलिसका एउटा कागजपनि नजोएिको अवस्था रहेको बताए ।


‘ कागजपत्र, फर्निचर र कार्यालय परिशरका गाडी सबै ध्वस्त पारिएको अवस्था छ,’ उनले भने ‘सम्मुखको सरकारी वकिल कार्यालयमा पनि आगजनी भएको छ ।’
अदालतमा भएको क्षतिको एकीन विवरण शंकलन एक दुई दिनमै हुने उनले बताए ।

जिल्ला अदालत पनि तयारी गर्दै

जिल्ला अदालत घोराहीमा पनि ढिलोमा सोमबारसम्म पेशी बाहेकका सबै काम सुरु गर्ने गरि तयारी भइ रहेको छ ।

श्रेस्तेदार भुपाल भण्डारीका अनुसार अदालतमा भएको ढुँगामुडा, तोडफोड र आगजनीबाट झन्डै दुई करोड बढीको क्षति भएको छ ।

अदालतका ९० वटा कम्प्यूटर र सबै फर्निचर तोडफोड र आगजनीबाट ध्वस्त पारिएका छन् ।
त्यस्तै दुई वटा गाडी र एउटा मोटरसाइकलमा तोडफोड गरिएका छन् भने थप अर्कौ एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *