तुलसीपुर, भदौ २८ । दाङमा स्थानीय प्रशासनले लगाउँदै आएको कफ्र्यू आदेश शनिबार बिहानदेखि हटाएको छ । तर, निषेधाज्ञा भने जारी छ ।
शनिबार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्मका लागि मात्रै निषेधाज्ञा जारी गरिएको छ ।
जस्ले गर्दा जिल्लाको जनजिवन क्रमिक रुपमा सामान्ने उन्मुख हुँदै गएको छ । आन्तरिक रुपमा यातायातका साधनहरु संचालनमा आउन थालेका छन् । पेट्रोल पम्पहरुमा तेल भर्नेहरुको लाइन देखिन थालेको छ ।
साँझ बिहान बजारमा किनमेल गर्ने मानिसहरुको संख्या बाक्लै देखिन थालेको छ ।
जेन्जीको पर्दशनका नाममा उग्र बन्दै सरकारी कार्यालयका साथै राजनीतिक दलका पार्टी कार्यालय, अदालत, नेताका घरहरुमा तोड फोड तथा आगजनी भएपछि स्थानीय प्रशासनले भदौ २४ गते बेलुकी साढे ४ बजेदेखि जिल्लामा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गर्दै आएको थियो ।
जिल्लाका दश पालिकाहरु म्धय तुलसीपुर र घोराही उपमहानगरपालिका,लमही नगरपालिका र लुम्बिनी प्रदेशको राजधानीको केन्द्र रहेको राप्ती गाउँपालिकामा मात्रै निषेधज्ञा जारी हुँदै आएको छ ।


