२०८३ बैशाख १३ गते आइतवार

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटनको घोषणा,फागुन २१ गते आमनिर्वाचन हुने

काठमाडौँ,भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेका छन्।

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका हुन्।

शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित सबै पक्षबीच जुटेको थियो।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनेछ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *