२०८३ कार्तिक २२ गते शनिवार

तुलसीपुरमा युवाले राखे विपीको तस्बिर र फहराए काँग्रेसको झन्डा

तुलसीपुर, भदौ २७ । तुलसीपुरको विपी चोकमा नेपाली काँग्रेस सम्बद्ध केही युवा मिलेर शुक्रबार दिउँसो आफ्ना संस्थापक नेता विश्वेश्वरप्रशाद कोइरालोका तस्बिर, राष्ट्रिय झण्डा र पार्टीको झण्डा राखेका छन् ।


नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरे, जिल्ला कार्यसमिति सदस्य गेहेन्द्र वली , तुलसीपुर – ५ का वडा पार्टी उपसभापति शिशिर लामिछाने, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश भण्डारी, तरुण दलका जिल्ला सदस्य लक्ष्मण खत्री, लोकतान्त्रिक खेलकुद संघ दाङ क्षेत्र नं. ३ का अध्यक्ष निरज श्रेष्ठ लगाएतका युवाहरु मिलेर चोकमा सरसफाइ गरि विपीको तस्बिर, राष्ट्रिय झण्डा र काँग्रेसको झण्डा फहराकाएका हुन ।

यसअघि राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ५ स्थित विपी चोकमा विपीको पूर्ण कदको शालिक थियो ।


भदौ २४ गते जेनजीको नाममा भएको पर्दशनका क्रममा त्यो तोडफोड गर्नुका साथै त्यहाँ बाट निकालेर गायव पारिएको थियो ।


भिडियोहरुमा देखिए अनुसार त्यो शालिक तोडफोड गर्नेहरु मध्य प्रमुख ब्यक्तिहरुको पहिचान भइ सकेको काँग्रेसका युवाहरुले बताएका छन् । जेनजीको प्रदर्शनका नाममा भदौ २४ गते तुलसीपुर – ५ स्थित विपी चोकको शालिक तोडफोड पछि शालिक नै निकालेर गायब पारिएको थियो ।

तोडफोड पछि निकालिएको विपीको शालिक मोटरसाइकलमा बाँधेर अपमान पूर्वक घिसार्दै आन्दोलनकारीका नाममा केही उच्छृङखल युवाले लगेको भिडियोहरुमा देखिएको छ ।


विपीको उक्त शालिक इलाका प्रहरी कार्यालय तुलसीपुरको बाटो हुँदै ती युवाले मोटरसाइकलको पछाडि बाँधेर लैजाँदा गर्दा कार्यायको गेट र परिशरमा उभिएका प्रहरी कर्मचारी रमिते मात्रै बनेका थिए ।

साथै उनीहरुले विपीको शालिक मोटरसाइकलमा पछाडि बाँधेर घिसादै –लतार्दै लैजाने ती युवाहरुलाई बाइबाइ गरेको दृष्य भिडियोहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *